इन्टरनेटको पहुँच ८१ प्रतिशतमा पुगेको दूरसञ्चार प्राधिकरणको दाबी

Advertisement

काठमाडौं । नेपालको कुल जनसंख्यामध्ये ८१ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७७÷७८ को मंसिर महिनासम्ममा २ करोड ४३ लाख ४७ हजारमा इन्टरनेटको पहुँच पुगेको छ । गत आवको सोही अवधिको तुलनामा इन्टरनेट पहुँच १० प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आवको मंसिर महिनासम्ममा ७२ दशमलव ४२ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

तथ्यांकअनुसार फिक्स ब्रोडब्यान्डको पहुँच २१ प्रतिशत छ भने मोबाइल ब्रोडब्यान्डको पहुँच ५९ दशमलव ६७ प्रतिशत छ । गत आवको सोही अवधिमा भने फिक्स ब्रोडब्यान्डको पहुँच १५ दशमलव ५३ प्रतिशत थियो भने मोबाइल ब्रोडब्यान्डको पहुँच ५६ दशमलव ४२ प्रतिशत थियो ।  
 
पौने चार करोड भ्वाइस टेलिफोन लाइन वितरण
चालू आवको गत मंसिरसम्ममा पौने ४ करोड भ्वाइस टेलिफोन लाइन वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार ७ लाख ३५ हजार ६ सय ९१ फिक्स टेलिफोन सेवा वितरण भएको छ भने ३ करोड ८१ लाख १७ हजार ७ सय ३५ मोबाइल लाइन वितरण भएको छ । अन्य टेलिकम लाइनको वितरणको संख्या भने २ हजार ९ सय ५ रहेको छ । तथ्यांकअनुसार ३ करोड ६४ लाख २७ हजार ५ सय ३९ जिएसएम लाइन वितरण भएको छ । सिडिएमए १६ लाख ९० हजार १ सय ९६ लाइन वितरण भएको छ । 

Advertisement

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement