लोकन्थलीको कखरा प्रिस्कुलले मनायो ‘न्यू नर्मल फन डे’ (भिडियोसहित)

Advertisement

भक्तपुर । लोकन्थलीस्थित कखरा प्रिकुलले शनिबार ‘न्यू नर्मल फन डे’ मनायो मनाएको छ । फरक खालको बालविद्यालयको पहिचान बनाएको उक्त स्कुलले आयोजना गरेको कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

खुला चउरमा साथीहरुसँग दौडदै, खेल्दै, उफ्रदै र रमाउँदै अध्ययन गर्ने बानी परेका बालबालिका कोभिड १९ महामारीका कारण लामो समयसम्म घर तथा कोठमा कैद हुँदै आएका थिए । आज कखराले उनीहरुमा सकारात्मक उर्जाका लागि मनोरञ्जन कार्यक्रम आयोजना गरेको हो । 

Advertisement

बलाबालिकामा उत्पन्न नैरास्यताबाट छुटकारा दिलाई माहामारीबाट सिर्जित नयाँ खाले परिवेशमा पनि बाल सिकाई, खेलकुद, खानपान र मनोरञ्जनको प्रभावकारी वातावरण दिन सकिन्छ भन्नेको कुराको सन्देश समुदाय समक्ष पुरयाउने उद्देश्यले कखराले रहेको उक्त स्कुलका अधिकारीहरुको भनाई छ । 

कखराका प्रिन्सिपल निशा न्यौपानेले सरकारले तोकेबमोजिमका स्वास्थ्य तथा सुरक्षा प्रोटोकोलको पालना गरी बाल शिक्षा, खेलकुद, मनोरञ्जन र खानाका परिकारसँग सम्बन्धित विभिन्न स्टलहरु राखिएका बताइन् । 
उनले माहामारीबाट सिर्जित परिस्थिति सामान्य अवस्थामा अझै समय लाग्ने देखिए पनि बालबालिकाको पढ्ने सिक्ने आवश्यकता र चाहनालाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षा उपायको अनुसरणसहित बाल सिकाई र विकासलाई अघि बढाइएको बताइन् । न्यौपानेले आवश्यकता पनि त्यही रहेको र अभिभावकहरुको माग पनि रहेको बताइन् । 

नयाँ परिवेशमा विद्यालयले अपनाउने पद्दतीमा बालबालिकालाई विस्तारै डो¥याउन आवश्यक भएकाले विद्यालयले यस किसिमको कार्यक्रमको आयोजना गरेको कखराका प्रवन्ध निर्देशक उमानाथ निरौराले बताए । उनले माहामारीबाट उत्पन्न चुनौतिसँग अभ्यस्त हुन फन डे कार्यक्रमले बालबालिकालाई मात्र नभई अभिभाभवकहरुलाई समेत सघाउ पुग्ने बताए । 
फन डेमा कखरामा अध्ययनरत लगायत १० वर्ष मुनिका बालबालिका, तीनका अभिभावक, आफन्त र छिमेकीको सहभागिता थियो ।
 

Advertisement

Advertisement