भिभोको वाई१२एस नयाँ स्मार्टफोन साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानरसहित नेपाली बजारमा

Advertisement

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आइतबार आफ्नो वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई१२एस नेपाली बजारमा ल्याएको छ । भिभोले युवाहरुलाई लक्षित गरेर अर्थपूर्ण नवीन विशेषतासहितको यो फोन बजारमा ल्याएको हो । 

वाई१२एस निकै शक्तिशाली र दीर्घायु पाँच हजार एएच ब्याट्री, साइड–माउन्टेड फिङ्गरप्रिन्ट प्रविधि र एआई ड्युल क्यामेरा रहेको भिभो नेपालले जानकारी दिएको छ । यसले ६.५१ इन्च हालो फुल भ्यु डिस्प्लेसहित एचडी रेजोलुशनले प्रयोगकर्ताहरुलाई निर्र्वाध मनोरञ्जनको अनुभव सुनिश्चित हुने कम्पनीको भनाई छ । 

Advertisement

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले वाई सिरिजका स्मार्टफोनहरु सधैँ सक्रिय रहिरहने युवाहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै बनाईएको बताए । यो फोन मूल्य १७ हजार ९९९ रुपियाँ कायम गरिएको छ । 
 

Advertisement

Advertisement