बाइकप्रति सौरभको अनौठो सौखले जन्मायो ‘एसजे मोटो’

Advertisement

काठमाडौं । हरेक मानिसमा आ–आफ्नो सौख र रुची हुन्छ । लक्ष्य हुन्छ । सिर्जनात्मकता हुन्छ । मानिसमा हुने यस्तो गुणहरुले आज उसलाई चन्द्रमासम्म पुग्ने सफलता मिलेको छ । यस्तै फरक सौख युवा उद्यमी सौरभ ज्योतिमा पनि देखिएको छ । 

सानैदेखि बाइक (मोटरसाइकल)प्रति निकै रुची राख्ने सौरभ आज त्यही व्यवसायबाट सफल उद्यमीको रुपमा स्थापित हुन पुगेका छन् । उनी आज नेपालमा होण्डको पर्याय बनेका छन् । नयाँ नयाँ डिजाइन र प्रविधिका बाइकहरुका पारखी सौरभले आज अढाई दशकदेखिका विभिन्न ब्राण्डका निकै महंगासमेत मोटरसाइकलहरु संकलन गरेर त्यसलाई ग्यालरी (संग्रहालय) बनाएका छन् । जसलाई उनले ‘एसजे मोटो’ नाम दिएका छन् । 

Advertisement

एउटा उद्यमीले उद्यममा लाग्दै गर्दा पैसा मात्रै नभएर देश र समाजप्रति पनि केही योगदान गर्नुपर्ने भन्ने मान्यता राख्ने सौरभले स्थापना गरेको एसजे मोटो जमलस्थित ज्योति भवनमा अवलोकन गर्न पाइन् जहाँ कर्फीका चुस्कीसँगै विभिन्न मोडल र ब्राण्डका नयाँ पूराना मोटरसाइकलहरु देख्न सकिन्छ । विशेषगरी युवाहरुमा बाइकको निकै क्रेज बढ्दै गएको देखिन्छ । त्यस्ता युवादेखि बाइकका बारेमा जान्न र अध्ययन गर्न चाहनेहरुका लागि  एसजे मोटो उपयुक्त स्थान हो जहाँ नेपाली कर्फीको स्वादसँगै बाइकबारेका कौतुहलता मेटाउन सकिन्छ । 

सौरभले बिगत २५ बर्षदेखिका मोटरसाइकलहरु संकलन गर्दै तिनलाई आकर्षकरुपमा ग्यालरीमा सजाएका छन् । एसजे मोटोको शुभारम्भ गर्ने क्रममा उनले आफ्नो स्वर्गीय हजुरबुबालाई सम्झिए जसले उनलाई स्नेह गर्दछ । सँगसँगै आफ्नो बुबा  पद्य ज्योति, श्रीमती सिर्जना, परिवार र कम्पनीका सदस्यहरुलाई स्मरण गरे । आफ्नो सफलताको देन उनीहरुलाई दिए र भने, ‘मोटरसाइकल ग्यालरी खोल्ने वर्षौँदेखिको सपना बल्ल पूरा भएको छ, सपना देखेपछि साकार हुने रहेछ ।’

सौरभले अघि बढाउँदै आएको स्याकार ट्रेडिङ कम्पनी नेपालमा होण्ड ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने आधिकारिक बिक्रेता हो । तर, उनले आफ्नो ग्यालरीमा होण्डा मात्रै नराखेर सबै चर्चित ब्राण्डका बाइकहरु संकलन गरेर व्यवसायिकता र निष्पक्षता झल्काएका छन् । बाइक कल्चरलाई प्रवद्र्धन गर्न चाहने सौरभ आफ्ना अभिभावकहरुले अघि बढाएको मोटरसाइकल व्यवसायलाई घट्न दिने होइन्, अझै उचाईमा पुर्याउन चाहान्छन् । 

आफ्नो ग्यालरीमा उनले प्रवेशका लागि कुनै शुल्न नलाग्ने व्यवस्था गरेका छन् । जोसुकैले पनि हप्ताको सातै दिन यहाँ आएर आनन्दसँग विभिन्न किसिमका बाइकहरु अवलोकन गर्न सक्छन् । सेल्फी खिच्न सक्छन् । जानकारी लिन सक्छन् । मोटरसाइकलप्रति मानिसहरुको मोह कायम राख्न, सुरक्षित ढंगले कसरी मोटरसाइकल चलाउने ? भन्ने जान्नका लागि पनि यो ग्यालरी एउटा उपयुक्त ठाउँ हो । यसको स्थापनाका क्रममा लागि सौरभले निकै ठूलो लगानी र मेहनत गरेका छन् । उनी भन्छन्, ‘जिन्दगी छोटो छ, खुसी सबैलाई बाँड्नुपर्छ , एक पटक एसजे मोटोमा आउनुहोस्, हेर्नुहोस ।’

Advertisement

Advertisement