टिभिएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक

Advertisement

काठमाडौं । टिभिएस मोटर कम्पनी, विश्वव्यापीरूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माताले आइतबार मार्भल्स अभेन्जसर््बाट प्रेरित टिभिएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । 

कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टिभिएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको हो । यो आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर भएको कम्पनीले जनाएको छ । 

Advertisement

सुपरस्क्वाड संस्करण क्रमशः आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँगसम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ । 

टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले टिभिएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिङ्ग प्रेरित पर्फमेन्स र अन्य स्कुटरमा नभएको ब्लुटुथ प्रविधि र मार्भल यूनिर्भसप्रति एक मजबुत आकर्षण भएका टिभिएसका नयाँ पुस्ताका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्ने बताएका छन् । 

जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कूटर हो । नयाँ टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रिय टिभीएस एनटर्क १२५ को लागी ‘वाहु फ्याक्टर’ सिर्जना गर्ने उद्देश्य राखेको छ । हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्नेछ ।’
सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको ए स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड, र स्पीडोमिटर मुनि राखिएको छ । 

Advertisement

Advertisement