युनियन लाईफबाहेक बाँकी सबै जीवन बीमा कम्पनीको नाफामा वृद्धि, कस्को कति बढ्यो ?

Advertisement

काठमाडौं । कुल १९ जीवन बीमा कम्पनीमध्ये १८ कम्पनीले चालु आर्थिक वर्षको पहिलो छ महिना (दोस्रो त्रैमास) सम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । यस अवधिसम्म १८ जीवन कम्पनीले दुई अर्ब ३८ करोड रुपियाँभन्दा धेरै मुनाफा आर्जन गरेका छन् । 

गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको नाफा एक अर्ब ७० करोड रुपियाँभन्दा धेरै थियो । यस बर्ष सोही अवधिमा कम्पनीहरुले ४० प्रतिशतले नाफा बढाउन सफल भएका हुन । 

Advertisement

दोस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिशतले नाफा बढाउन सफल कम्पनीमा प्रभु लाईफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले आठ करोड आठ लाख ४७ हजार रुपियाँ मुनाफा कमाएको छ । प्रभुले यस अवधिमा १२५ दशमलव ६९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । उक्त कम्पनीले गएको आर्थिक बर्षको पहिलो छ महिनामा तीन करोड ५८ लाख ८५ हजार रुपियाँ मुनाफा आर्जन गरेको थियो । 

यस बर्ष सोही अवधिमा युनियन लाइन इन्स्योरेन्सले नाफामा सबैभन्दा धेरै गिरावट सहनुपरेको छ । नाफामा गिरावट हुने कम्पनीमा युनियन लाइफ एक मात्रै कम्पनी हो  जसको नाफामा १७ दशमलव ९० प्रतिशत गिरावट भई छ करोड ३५ लाख २५ हजार रुपियाँमा सीमित भएको छ । गत बर्ष उसले सोही अवधिमा सात करोड ७३ लाख ८१ हजार रुपियाँ नाफा गरेको थियो । युनियन लाइफ गएको आर्थिक बर्षको पहिलो छ महिनामा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा थियो । 

सबै भन्दा धेरै प्रतिशत मुनाफा आर्जन गर्ने दोस्रो कम्पनीमा एलआईसी नेपाल रहेको छ । यस कम्पनीले ११करोड ५६ लाख ६४ हजार रुपियाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत वर्षको सोही अवधिभन्दा भन्दा ६९ दशमलव ११ प्रतिशतले धेरै हो । गत वर्षको पहिलो छ महिनामा कम्पनीले सात करोड ८६ लाख रुपियाँ मुनाफा आर्जन गरेको थियो ।

 यता महालक्ष्मी लाईफ इन्स्योरेन्स र नेशनल लाईफ इन्स्योरेन्सको नाफामा भने सामान्य वृद्धि भएको छ । यी कम्पनीहरुको मुनाफा क्रमसः शुन्य दशमलव १९ प्रतिशत र शुन्य दशमलव ४२ प्रतिशत बढेको हो । 

Advertisement

Advertisement