काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका नयाँ अध्यक्ष मनोरञ्जनरमण शर्माले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण खाएका छन् । शर्माले बीमा समितिका अध्यक्ष सूर्य सिलवालसमक्ष सपथ खाएका हुन् ।
महालक्ष्मी लाईफको सोमबार बसेको सञ्चालक समिति बैठकले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो । हिजै सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले शर्मासहित सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो ।
बीमा कम्पनीको सञ्चालक समिति अध्यक्षले बीमा समितिका अध्यक्षबाट सपथ खानुपर्ने बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका व्यवस्था छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स सबैभन्दा कान्छो बीमा कम्पनी हो ।