राष्ट्रिय बीमा संस्थानको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्था यस्तो छ

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ । यस कम्पनीले यस त्रैमाससम्म २ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको भन्दा २४.१९ प्रतिशतले घटेको हो ।
 
गत वर्षको यस अवधिका कम्पनीको नाफा ३ करोड ५३ लाख रुपैयाँ  नाफा कमाएको थियो । पुस मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानीमा पनि ०.१८ प्रतिशतको गिरावट आएको छ ।
 
गत वर्षको यसै अवधिमा ५ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीको बीमा शुल्क यस वर्ष ५ करोड ६८ करोड रुपैयाँमा झरेको हो । 

संस्थानले यो त्रैमाससम्म १ अर्ब ४४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष भने २५ अर्ब ९६ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३१ अर्ब ७२ करोड पुर्याएको छ । 

Advertisement

हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३१ करोड २६ लाख रुपैयाँ छ । यसको सर्वसाधारणमा सेयर जारी नभएकाले नेप्सेमा सूचीकृत भएको छैन ।
 

Advertisement

Advertisement