आइएमई जनरल इन्स्योरेन्सको ७.३७ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ०.३७ नगत लाभांश वितरण गर्न लागेको हो । 

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।

Advertisement

हाल इन्स्योरेन्स्को चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ । ७ प्रतिशतका दरले ७ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ पुग्नेछ ।

Advertisement

Advertisement