शुक्रबार बिहान मंगल ग्रहमा अमेरिकी अन्तरिक्ष यान ‘पर्सिभिअरन्स’ अवतरण

Advertisement

काठमाडौं । अमेरिकाले सात महिनाअघि पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरन्स’ शुक्रबार बिहान २ः४० मा मंगल ग्रहको सतहमा अवतरण गर्ने भएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार उक्त यान ४७ करोड किलोमिटर यात्रा गरेर मंगल सतह नजिक पुगेको र भोलि यसलाई सुरक्षित तरिकाले अवतरण गराउने तयारी भइरहेको छ । 

Advertisement

छ वटा पाङ्ग्रा भएको रोबटलाई मंगल ग्रहमा पानी भएको नजिकै अवतरण गराउने तयारी भइरहेको छ । यो मिशनको सबैभन्दा कठिन चुनौती मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गराउनु रहेको वैधानिकहरुले बताएका छन् । यो रोबटलाई सुरक्षित अवतरण गराउन सकिए मंगल ग्रहमा पानी र जीवन भएनभएको अध्ययन गर्न ठूलो सफलता मिल्ने उनीहरुको भनाई छ । 

वैज्ञानिकहरूले पर्सिभिअरन्सलाई अवतरण गराउन लागिएको ठाउँमा कुनै समय पानी रहेकोले कुनै प्रकारको जीव रहेको पनि हुनसक्ने बताउँदै आएका छन् । 

मङ्गल ग्रहको वायुमण्डलमा प्रवेश गर्दा पर्सिभिअरन्सको गति २० हजार किलोमिटर प्रतिघण्टा हुनेछ। वायुमण्डलमा प्रवेश गरेको सात मिनेटमा यो गतिलाई घटाउँदै सुस्तरुपमा अवतरण गर्नुपर्ने हुन्छ । 

Advertisement

Advertisement