बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिइएन्, उल्टै ब्रोकरहरुलाई एजेन्ट राख्न अनुमति

Advertisement

काठमाडौं । बैंकलाई सेयर कारोबारको ब्रोकर लाइसेन्स नदिने, तर धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई एजेन्टसमेत राख्न दिने अनौठो नीतिलाई धितोपत्र बोर्डले अघि बढाएको छ । 

लगानीकर्ताको कारोबार खातामा पहुँच नदिने गरी धितोपत्र बोर्डले सेयर ब्रोकरलाई एजेन्ट राख्न दिने भएको हो । आगामी आर्थिक वर्षबाट यसको अभ्यास सुरु गर्न सकिने धितोपत्र बोर्डले बताएको छ । ‘यससम्बन्धी निर्देशिका तयार भइसकेको छ,’ धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘अर्थ मन्त्रालयमा धितोपत्र व्यवसायी नियमावली २०६४ मा सामान्य संशोधन गर्नसमेत पठाउनुपर्नेछ ।’ 

Advertisement

बोर्डले केही समयअघि यस सम्बन्धमा अध्ययन गर्न निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो । कमिटीले अध्ययन रिपोर्टसहित निर्देशिका नै तयार बनाइसकेको छ । कार्यान्वयनमा रहेको धितोपत्र व्यवसायी नियमावलीको व्यवस्थामा थप स्पष्ट पार्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव अर्थ मन्त्रालयमा पठाइन लागिएको अध्ययन समिति संयोजक तथा बोर्डका निर्देशक अधिकारीले बताए । 


नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement