प्राइम लाईफको विभिन्न भुक्तानीहरु अब एनसिएचएल/कनेक्ट आइपीएस प्रणाली मार्फत हुने

Advertisement

काठमाडौं । प्राइमलाईफ इन्स्युरेन्स कम्पनीले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु एनसिएचएल आईपीएस तथा कनेक्ट आइपीएस प्रणाली मार्फत सोझै लाभग्राहीको खातामा जम्माहुने व्यवस्थाको थालनी गरेको छ । 

यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसिएचएल आईपीएस तथा कनेक्ट आइपीएस प्रणली मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम पहिलोे इन्स्युरेन्स कम्पनी भएको छ । हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबार गर्ने भएको छ ।

Advertisement

यस व्यवस्थाको सुरुवातसँगै प्राइमले दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबार आबद्ध भएका बैंक खाताबाट सोझै गर्न सक्नेछ । यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो, रसहजहुने विश्वास गरिएको कम्पनीले जानकारी दिएको छ । 


                        

                    

Advertisement

Advertisement