नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी चयन

Advertisement

काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा मधुकुमार मरासिनी चयन भएका छन् ।  

बासुदेव अधिकारीले उक्त पदबाट राजीनामा दिएपछि सञ्चालक समितिले मरासिनीलाई चयन गरेको हो । उनी नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक हुन् । अर्थमन्त्रालयमा समेत लामो समय बिताएका मरासिनी आर्थिक तथा बाणिज्य क्षेत्रको राम्रो जानकारका रुपमा चिनिन्छन् । 

Advertisement

लाभांश वितरणमा सरकारले हस्तक्षेप गरेको आरोप लागेपछि अधिकारीले राजीनामा दिएपछि अर्थमन्त्री बिष्णु पौडेलले मरासिनीलाई नेपाल बैंकको सञ्चालक नियुक्त गरेका थिए । 

बैंकको सञ्चालक समितिमा सरकारको तर्फबाट तीन जना, एक जना स्वतन्त्र  र तीन जना पब्लिक सेयर होल्डरका तर्फबाट प्रतिनिधि रहन्छन् ।

Advertisement

Advertisement