सेनिटाइजरको धेरै प्रयोगले स्वास्थ्यमा हानी, साबुन नै उत्तम

Advertisement

काठमाडौं । कोरोना महामारी (कोभिड १९)ले जनमानसमा ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्ने सिकायो र सेनिटाइजर प्रयोग गर्न नजान्दा यसले नकारात्क असर पर्छ भन्ने कमैलाई थाह होला ।

कोभिड संक्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको लागि ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो छाला रोग विशेषज्ञ डा. मेलिना अमात्य भन्छिन, तर, सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने, कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ । हामीले हात धुन सम्भव भएको ठाउँमा पनि सेनिटाइजरको प्रयोग गर्छौँ ,जुन गलत बानी हो ।

Advertisement

उनको अनुसार विभिन्न रसायनलाई निश्चित मापदण्ड तथा अल्कोहलको प्रयोग गरेर यसलाई बनाइन्छ ।सेनिटाइजरले हाम्रो स्वास्थ्यलाई राम्रो मात्रै गर्दैन । कतिपय अवस्थामा हानी पनि गर्छ ।

डा. अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रष्ट पार्दे थपिन, ‘हातमा भएको ससाना कीटाणु मार्ने काम सेनिटाइजरले गर्छ । त्यसैले हात फोहोर भएको बेला सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजरलाइ हातमा लगाएपछि करिब २० सेकेन्डसम्म राम्ररी दलेपछि मात्र कीटाणु मर्छ ।’ उनले सेनिटाइजरको अत्याधिक प्रयोगले छालासम्बन्धी समस्या देखिनुको साथै छालालाई सुख्खा र एलर्जी गराउने बताइन् । 

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement