८५ लाख १ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस कति र हकप्रद कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ८५ लाख १ हजार ९ सय ३७ कित्ता शेयर सूचीकृत भएको छ । सानिमा माई र रिडी हाइड्रोपावरको बोनस शेयर र अपि पावरको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेका अनुसार सानिमा माई हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको २५ लाख ५३ हजार १ सय कित्ता शेयर सूचीकृत भएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीहरुलाई दिएको ५ प्रतिशत बोनस बापतको २ लाख ७८ हजार ८ सय ३७ कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैबीच आजै अपि पावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर पनि सूचीकृत भएको हो । 

Advertisement

Advertisement