शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर नयाँ बानेश्वरमा शुरु

Advertisement

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले सोमबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ बानेश्वरस्थित आईप्लेक्स मलको तेस्रो तल्लामा सञ्चालनमा ल्याइएको हो । 

शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज र इटहरीमा छन् । ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ ।

Advertisement

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम् प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो । हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा नवीनतम् उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राखेका छौं ।’

सर्भिस सेन्टरको स्थापानाले शाओमीलाई देशभर अघि बढ्न मद्दत गर्ने नेपाली ग्राहकहरुको माया र विश्वास हासिल गर्न भूमिका निर्वाह गर्ने उनले बताए । कोठारीले नयाँ सर्भिस सेन्टरले नेपालभरका शाओमीका विभिन्न मोवाइल ब्राण्ड प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने कम्पनीको प्रतिबद्धतालाई अझ मजबुद बनाउने बताए । 

नयाँ सर्भिस सेन्टरहरु संचालनमा आएसँगै आफ्ना उत्पादनहरुको प्रयोग बढेको भन्दै शाओमीले सेवाको टर्नआराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनीय गिरावटले नेपालमा मी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।
सेन्टर उद्घाटन अवसरमा शाओमी नेपालले आफ्ना सबै उत्पादहरूमा फ्री सर्भिस क्याम्प सञ्चालन गरेको छ । यस अवसरमा वारेन्टी कार्ड भएनभएका सम्पूर्णका लागि एक हप्ता निःशुल्क सेवा प्रदान गरिने छ । 

Advertisement

Advertisement