दैजीछेला औद्योगिक क्षेत्रः २०५२ सालमा घोषणा, २०७७ मा मात्रै शिलान्यास

Advertisement

दैजी । प्रधानमन्त्री केपी ओलीले सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सरकारले कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा (२०५२ सालमा) गरेको २५ वर्षपछि काम अघि बढेको हो। निर्माण प्रक्रिया भने स्थानीय तह निर्वाचनपछि अघि बढाइएको थियो।

९ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला उत्पादनमुखी गरी १ सय २२ भन्दा बढी उद्योग स्थापना हुनेछन्। सरकारले खानेपानी, बिजुली सहुलियत दरमा उपलब्ध गराउनेछ। उत्पादनमूलक उद्योगबाट पाँच वर्षसम्म जग्गाको भाडा लिइनेछैन।

Advertisement

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र बनेपछि स्थानीयले रोजगारी पाउने, प्रविधिको विकास र हस्तान्तरण हुँदै जाने बताए। यहाँको आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement