ओलीको आज जन्मदिन, यस पटक नेपालको आकृतिको केक नकाटिने

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मंगलबार जन्मदिन परेको छ। उनी आजबाट ७० बर्ष प्रवेश गरेका छन् । अघिल्लो बर्षजस्तो ओलीले नेपालको आकृतिको केक काट्ने योजना नबनाएको बालुवाटार स्रोतले जनाएको छ । 

सार्वजनिकरुपमा यस पटक प्रधानमन्त्री ओलीले जन्मदिन नमनाए पनि आन्तरिकरुपमा भने केही कार्यक्रम हुनसक्ने जनाएको छ । २००८ सालमा तेह्रथुमको ईवा गाविसमा स्वर्गीय मधु ओली र मोहनप्रसाद ओलीबाट जन्मिएका उनले अघिल्लो बर्ष आफ्नो जन्मथलोमा केक काटेर जन्मदिन मनाउन ठूलो आलोचना खेप्नुपरेको थियो । काठमाडौंबाट यती समूहको हेलिकप्टरले लगेको १५ किलोको केक त्यतिबेला काटिएको थियो । 

Advertisement

Advertisement

Advertisement