संकटकालको गलत हल्लाले सेयर बजार प्रभावित भयो, हल्लाको पछि नलागौंः पौडेल

Advertisement

काठमाडौं । सेयर बजार विश्लेषक एवं लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले संकटकाल लाग्ने गलत हल्लाको कारण सेयर बजार प्रभावित भएको भन्दै यस्ता हल्लाको पछि नलाग्न आव्हान गरेका छन् । 

लामो समयदेखि प्रायः उकालो लाग्दै आएको सेयर बजार परिसुचक नेप्से मंगलबार दिउसो एक पटक ९० अंकभन्दा बढि घटेर केही सुधार आएको छ । बजारमा एक्कासी यस्तो गिरावट देखिनुमा अन्य कुनै कारण नभएर राजनीतिक कारण भएको पौडेलको भनाई छ । 

Advertisement

उनी भन्छन्, ‘राजनीतिक संक्रमण जसरी बढेको छ, संकटकालको हल्ला पनि छ, त्यसैको रिफ्ल्याक्शन मात्रै हो । अरु कुनै कारण छैन् ।’ बजार लामो समयदेखि बढ्दै आएकाले कहिले काहीं घट्नलाई कारण पनि खोजिरहेको अवस्था थियो भन्दै पौडेलले अहिलेको राजनीतिक अवस्था निउ भएको बताए । 

उनले यो हप्ता बजार सुधार भइहाल्छ भनेर आफूले भन्न नसक्ने उनले बताए । यद्यपि एक–दुई दिन बजार घटे पनि पुनः आफ्नो ठाउँमा फर्किने कुरामा ढुक्क रहेको पौडेलले बताए । उनले भने, ‘मानिस सानो कुराले झस्किन्छन् । बजार एक–दुई दिन हेरेर हुँदैन । दीर्घकालमा के हुन्छ ? भनेर हेर्नुपर्छ । तर, यहाँ त धेरै मानिस एकैचोटी हतोत्साही भए आज ।’  

सेयर बजारका बारेमा गलत र अनुमानका समाचार लेख्ने र सोही कुरालाई विश्वास गर्ने प्रवृत्ति अझै नहटेको भन्दै पौडेलले ‘नेपालमा त्यस्तो राजनीतिक उथलपुथल हुने होइनहोला, भए पनि अर्थ बजार नै प्रभावित हुने होइन् होला ? भने । 

Advertisement

Advertisement