११ लाख ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ११ लाख ६० हजार ४ सय ४६.९७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक फाइनान्स कम्पनी र एक लघुवित्त कम्पनीको उक्त बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको छ । 

यसैक्रममा आईसीएफसी फाइनान्सले शेयरधनीहरुलाई प्रदान गरेको १०.५० प्रतिशत बोनस बापत ९ लाख ७७ हजार ६ सय ३८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

त्यसैगरी स्पर्श लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १९.५० प्रतिशत बोनस बापतको १ लाख ८२ हजार ८ सय ८.९७ कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement