इजीलिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंक विच विप्रेषण भुक्तानी सम्झौता

Advertisement

काठमाडौं । इजीलिंक रेमिट्यान्स कम्पनी र लुम्बिनी विकास बैंक विच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौंता भएको छ । 

उक्त सम्झौतामा  रेमिट्यान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारी र लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Advertisement

सम्झौता पछि अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफर मार्फत आएको रकम लुम्बिनी विकास बैंकका नेपालभरि छरिएर रहेका ६९ शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । 

यस्तै, लुम्बिनी रेमिटबाट पठाएको रकम पनि इजीलिंक रेमिट्यान्सको नेपालभरि रहेका ६ हजार भन्दा धेरै सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाइ सेवाग्राहिसम्म पु¥याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।

हाल इजीलिंक रेमिट्यान्स प्रा.लि ले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका बिभिन्न मुलुकबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने ब्यवस्था मिलाएको छ । 

यता सहायक प्रतिनिधि मार्फत रकम भुक्तानी लिनको लागि एस.वि.एल रेमिट (सिद्धार्थ बैंक), रेमिट टू नेपाल, कामना सेवा रेमिटका सहायक प्रतिनिधिहरु मार्फत ५ मिनेटमै भुक्तानी लिन सकिने समेत ब्यवस्था मिलाएको छ । 

Advertisement

Advertisement