नेपालको पुँजीबजारको विकासमा नेपाल राष्ट्र बैंकको भूमिका

डा. हिमाल भट्टराई
कुनैपनि अर्थतन्त्रमा पुँजीबजारको  विशेष स्थान  रहन्छ । पुँजी बजारले अर्थतन्त्रको समग्र क्रियाकलापलाई एउटा विशेष परिमाणात्मक बिन्दुमा समेटेर अर्थतन्त्रका सूचकलाई प्रतिविम्बित गर्नुका साथै अर्थतन्त्रको दिसालाई इङ्कित गर्न सक्दछ । नेपालमा पुँजीबजारको नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डले कार्य गरिरहेको छ ।
 
पुँजीबजारको विस्तारित दायरा र विकासले वित्तिय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै व्यवसाय तथा उद्योगले पुँजीको उपलब्धतालाई सुनिश्चित गर्न सक्दछन् । विगतका दुई दशकमा नेपाली अर्थतन्त्रले वित्तिय क्षेत्रमा एउटा विकसित फड्को मारिसकेको अवस्थामा, उक्त परिवर्तनको संवाहकको रुपमा नेपालको पुँजीबजारलाई पनि लिन सकिन्छ ।
 
अन्र्तराष्ट्रिय स्तरको रुपान्तरण नभैसकेको भएतापनि अन्र्तराष्ट्रिय अभ्यासहरूलाई नेपालको पुँजीबजारले आत्मसाथ गरी अर्थतन्त्रको आवश्यकता अनुरुप आवश्यक कार्यहरू गरी रहेकोले पुँजीबजारले नेपाली अर्थतन्त्रमा सोही अनुरुपको टेवा पु¥याईरहेको छ ।

नेपालको पुँजीबजार र नेपाल राष्ट्र बैङ्क
नेपालको पुँजीबजारमा मुख्य रुपमा बैङ्क तथा वित्तिय संस्थाहरूको बाहुुल्यता रही आएको छ । बैङ्क तथा वित्तिय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैङ्कले गर्ने नीतिगत तथा निर्देशनात्मक कार्यहरूले नेपालको पुजीबजारमा प्रत्यक्ष प्रभाव पार्दछ ।
 
समग्र पुँजीबजारको संरचनामा बाहुल्यता स्थापित गरेका बैङ्क तथा वित्तिय संस्थाहरु सम्बन्धि निर्णय गर्दा नेपाल राष्ट्र बैङ्कले पुजीबजारमा त्यसले पार्ने प्रभावलाई अध्ययन गरी निर्णयको गहिराई तथा गम्भिर्यतालाई मनन गर्नेै पर्ने हुन्छ । यसै कारणले पनि नेपालका पुजीबजार सम्बद्ध सरोकारवाला निकायहरूले मौद्रिक नीतिको निकै गहिराईका साथ चासो लिएर हर्ने गर्दछ । 

नेपाल राष्ट्र बैङ्कले पनि सोही अवस्थालाई मध्यनजर गर्दै पुँजीबजारको विकास र विस्तारलाई निकै जिम्मेवारीका साथ मौद्रिक नीतिमा स्थान दिने, पुँजिबजार सम्बद्ध सरोकारवालासँग परामर्श लिने, पुँजिबजारका मुद्याहरुलाई सम्बोधन गर्ने र सकेसम्म पुँजिबजार मैत्री मौद्रिक नीति तर्जुमा गर्दै आएकोछ । यति हुँदा हुँदै पनि कहिलेकाहिँ नेपाल राष्ट्र बैङ्कबाट पुँजीबजारलाई जुन स्तरको सम्बोधन गरिनु पर्ने हो सो नभएको गुनासाहरु पनि लगानीकर्ताबाट हुँदै आएको पाइन्छ । 

धितोपत्र कर्जा, पुँजीबजारमा विदेशी लगानी, गैहैआवासिय नेपालीको लगानी, आधुनिक लगानीका उपकरण, पुँजीबजार र दास्र्रो बजार प्रति उदासिन बैङ्किग नीति तथा दोस्रोबजारको धितोपत्र कारोबारलाई सकुचित गर्ने किसिमका नीतिको आलोचना समेत हुँदै आएको पाइन्छ । 

अन्र्तराष्ट्रिय अभ्यासहरू
अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेर्ने हो भन,े विकसित देशहरुमा पुँजीबजारको विस्तार र विकासमा केन्द्रीय बैंकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । वित्तिय बजारमा पुँजीको उपलब्धताका लागि केन्द्रिय बैङ्कहरूले वित्तिय संस्था मार्फत नीतिगत व्यवस्था गरी दिर्घकालीन, अल्पकालीन र मध्यकालीन पुँजीको उपलब्धता गराईरहेका हुन्छन् । त्यसै गरी अन्र्तराष्ट्रिय स्तरमा पुँजीबजारको विकास र विस्तारका लागि केन्द्रिय बैङ्कहरूले परामर्शदाताको रुपमा समेत सहयोगी भूमिका निर्वाह गदै आएकाछन् ।
 
मौद्रिक उपकरणको विकास गर्दै पुँजीबजारमा लगानीको वातावरणलाई प्रभावकारी बनाइरहेका हुन्छन् । पुँजीबजारका परामर्शदाताको रुपमा समेत कयौँ राष्टंंंंंं«का केन्द्रिय बैङ्कहरुले कार्य गरिरहेको पाईन्छ । नवीनतम वित्तिय औजारको परिचालन तथा वित्तिय कारोवारको नियमनमा समेत नेतृत्व तहमा कतिपय देशहरूमा केन्द्रिय बैङ्कले कार्य गरिरहेको पाउन सकिन्छ । समग्र पुँजीबजारको प्रभावकारी संञ्चालनमा केन्द्रिय बैङ्कले आवश्यक सहयोगी भुमिका निर्वाह गरिरहेको अन्तर्राष्ट्रिय अभ्यासहरू पाउन सकिन्छ । 

संरचनागत सुधार
धितोपत्र बोर्डमा हाल संचालक समितिमा नेपाल राष्ट्र बैंकबाट पनि एकजना पदेन सदस्यको व्यवस्था रहेको छ । यसको व्यवस्था नेपालको पूँजीबजारलाई दीर्घकालीन विकास र विस्तारका लागि नेपाल राष्ट्र बैंकको सहजीकरणको आवश्यकताले नै गरिएको हो ।
नेपालमा पनि नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले पूँजी बजारका लागि एउटा छुट्टै रणनीति कार्यदल बनाएर नेपालको पुँजीबजारलाई नजिक सँग अवलोकन गरिराखेका विज्ञहरुलाई सो कार्यदलको सदस्य वनाउने र पुँजी बजारको एउटा दीर्घकालीन रणनीति तय गर्ने हो भने नेपालको पूँजी बजारले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको कार्य गर्न सक्षम हुने देखिन्छ ।

वैदेशिक लगानीसंग सम्बन्धित निर्णयहरू नेपाल राष्ट्र बैंकले धितोपत्र बजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डसँग पनि छलफल गरेर अगाडि बढाउने हो भने यसको कार्यान्वयनका लागि सहज बाटो पहिल्याउन सकिन्छ । नीतिगत रुपमा कतिपय धितोपत्र बोर्डले जारि गरेका ऐन र नियमलाई संसोधन गरी समय सापेक्ष बनाउदै लैजानुपर्ने देखिन्छ । यसकालागि दीर्घकालिन प्रकृतिका निर्णयहरू नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्डको सामुहिक छलफलका आधारमा तयार गर्ने हो भने पुँजीबजारलाई आधुनिक, विश्वसनिय र भरपर्दो बनाउन सकिन्छ । 

यसैगरी वैदेशिक लगानीलाई नेपालको पुँजीबजारमा भित्राउने हो भने नेपाल राष्ट्र बैंकको परामर्श तथा  सहजीकरण आवश्यक हुन्छ । वैदेशिक लगानीबाट प्राप्त मुद्राको परिचालनले नेपालको आन्तरिक मुद्राको आपूर्ति तथा मागमा प्रभाव पार्ने भएकोले यस्ता उपकरणहरूको लगानी सम्बन्धी निर्णय गर्दा नेपाल राष्ट्र बैंकको भूमिका आवश्यक हुन सक्दछ । त्यस अवस्थामा नेपाल राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डसँग आवश्यक राय तथा सल्लाह  र सुझाव सहित निर्णय गर्न सकिन्छ । 

लगानीका नवीनतम उपकरण
कुनै पनि देशको पुँजीबजारलाई यसको उच्च्तम रुपमा विकास गर्दै जाने हो भने पुँजीबजारमा आधुनिक लगानीका उपकरणहरू भित्राउनु निकै आवश्यक हुन्छ । लगानीकर्ताको जोखिम वहन गर्ने क्षमता अनुसार लगानीका उपकरणहरू को विकास र विस्तार गर्नु पुँजी बजारको नियामक निकायको रुपमा धितोपत्र बोर्डको जिम्मेवारी रहन्छ । कानूनीरुपमा धितोपत्र बजारको विकास र विस्तारका लागि विभिन्न अवस्थामा बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा नेपाल राष्ट्र बैंकले धितोपत्र बोर्डसँग  समन्वय गर्नुपर्ने आवश्यकता देखिन्छ । 

मुद्रा बजारका उपकरणहरू लाई नेपालको पुँजीबजारमा भित्राउन सक्ने हो र तिनलाई सूचीकृत गराउन सक्ने हो भने मुद्रा बजारको उपकरणहरूको सहज करोबार हुन सक्ने देखिन्छ । यसकालागि नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा मुद्रा बजारका उपकरणको प्रयोग तथा स्वामित्व हस्तान्रण सम्बन्धि कानुन लाई संसोधन गर्नु पर्ने हुन्छ । यसको प्रत्यक्ष  लाभ लगानीकर्ता, ग्राहक तथा पुँजिको आवश्यकता परेका संस्थाहरूलाई हुनजान्छ ।

नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले एक आपसमा समन्वय गरेर मुद्दती निक्षेपलाई दोस्रो बजारमा कारोबार योग्य उपकरणको रुपमा विस्तार गर्नुपर्ने देखिन्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार पुँजी बजारले वस्तु बजार तथा डेरिभेटिभ उपकरणहरू, विशिष्टिकृत लगानी कोष, क्षेत्र विषेश लगानी कोष तथा अन्य उपकरणहरु  आवश्यकताअनुसार कारोबारका लागि उपलब्ध गराउँदै जानुपर्ने आवश्यकता हुन्छ । विदेशी मुद्रा बजारको कारोवार लाई पुँजीबजारसँग जोड्ने हो भने पनि नेपाल राष्ट्र बैङ्कले नेपाल धितोपत्र बोर्डसँग आवश्यक सहजीकरण गर्नु पर्ने हुन्छ । 

नेपालको पुँजीबजार तथा नेपालको दोस्रो बजार अझै पनि मुद्रा बजारसँग प्रत्यक्ष रुपले जोडिन नसकेको अवस्था छ । मुद्रा बजारले नेपालका लगानीकर्ताहरूलाई लगानी गर्ने एउटा नयाँ अवसर प्रदान गर्न सक्दछन् । पुँजी बजारका सदस्यहरु पनि मुद्रा बजारका उपकरणबाट नयाँ लगानीकर्ताहरु ले पनि नयाँ क्षेत्र प्राप्त गर्ने तथा लगानीका गतिविधिहरु अझै आम जनस्तर सम्म पुग्ने देखिन्छन् । 

पुँजीबजारको विकास र विस्तार 
पुँजीबजारसँग सम्बद्ध सरोकारवाला निजी संघ तथा संस्थाहरुलाई समयअनुसार कार्यक्षेत्र विस्तार गर्नमा पनि नेपाल राष्ट्र बैंक र पूँजीबजारले सयुक्त रुपमा पहल कदमी लिनु पर्ने हुन्छ । नियामक निकायको रुपमा धितोपत्र बोर्डले आवश्यकता अनुसारनेपाल राष्ट्र बैङ्कको सहकार्यमा नेपालको पुँजी बजारलाई देश भरी विस्तार गर्दै लैजाने रणनीतिक योजनामा सहयोगी हुन सक्दछ । बैंक तथा वित्तीय संस्थालाई ब्रोकरका कार्य गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा पनि नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकको समन्वयमा उचित निर्णय लिनुपर्ने समय आइसकेको छ । यसैगरी नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले  पुजी बजारसँग सम्बन्धित निर्णय गर्दा एकअर्काको परामर्श लिएर दीर्घकालीन महत्वका नीतिगत निर्णयहरू गर्नु आवश्यक हुन्छ । 


नेपालको पुँजीबजारको  समस्या भनेको पुँजीबजार  नेपालको ग्रामीण इलाकामा पुग्न नसकेको अवस्था छ यसकारण नेपालको पूँजी बजारको सेवालाई उपत्यका बाहिर हरेक नेपालीको घर आँगनमा लैजाने हो भने नेपाल राष्ट्र बैंङ्कको भूमिका महत्वपूर्ण हुन जान्छ । किनभने बैंक तथा वित्तीय संस्थाको आन्तरिक सञ्जाल र शाखाका माध्यमबाट द्रुत गतिमा नेपालको पुँजी बजारलाई नेपालको गाउँबस्तीमा सहजै पुर्याउन सकिन्छ । पुँजीबजारका सम्पुर्ण सेवाहरुलाई विस्तार गर्ने हो भने नेपाल राष्ट्र बैङ्कको नीतिगत व्यवस्थाको आवश्यकता पर्ने हुँदा सो का लागि समेत धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैङ्कले विश्वासको वातावरण बनाएर अघाडि बढ्नु पर्ने आवश्यकता रहन्छ । 

साक्षारता अभियान 
नेपालको पुँजी बजारलाई आम जनमानस सम्म विकास र विस्तार गर्ने हो वित्तीय साक्षरता लाई पुँजीबजार र यसका उपकरणहरु सँग जोड्न सकिन्छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले आवश्यक सेवा प्रदान गर्न सक्छन् । तसर्थ लगानीसँग सम्बन्धित वित्तीय साक्षरताका कार्यक्रमहरुलाई नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्रबोर्डकोे साझेदारी कार्यक्रम अन्तर्गत दीर्घकालीन रुपमा विकास र विस्तार गर्न आवश्यक रहन्छ ।

नेपालको पूँजी बजारलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गर्ने हो भने पुजी बजारका उपकरणहरुको मात्र नभएर मुद्रा बजारका उपकरणहरु समेत खोजी बजारसँग जोडिन जाँदापुँजी बजारका लगानीकर्ताहरुलाई अन्य उपकरणहरुमा प्रवेश गर्ने अवसर प्रांप्त हुन सक्दछ ।

बैंक तथा बित्तिय संस्थाहरुका शाखाका माध्यमबाट पुँजीबजारको सेवालाई प्रदान गर्न सकिने हो भने नेपालको पूँजी बजारलाई उपत्यकाका बाट विकेन्द्रित गरी देशका मुख्य शहरहरुमा मात्र नभएर समग्र देशको ग्रामीण इलाकासम्म नेपालको पुँजी बजारलाई एकदमै द्रुतगतिमा प¥ुयाउन सकिन्छ । यसका लागि धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकसँग समन्वय गर्न आवश्यक हुन्छ । वित्तीय साक्षरता अन्तर्गत नेपालको पूँजी बजारको विस्तृत सूचना तथा जानकारी बैंक तथा वित्तीय संस्था र यसपछि शाखामार्फत केन्द्रीय स्तरबाट गाउँ तथा व्यक्ति सम्म पु¥याउन नेपाल राष्ट्र बैङ्कको भूमिका निकै प्रभावकारी हुन सक्दछ । 

अन्त्यमा,
नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको आवश्यक समन्वय नहुने हो भने पुँजीबजारसँग सम्बन्धित बिभिन्न कामहरुमा ढिलासुस्ती हुन जाने र पुँजीबजारका लागि आवश्यक दीर्घकालीन नीतिमा प्रभावकारिता नहुन सक्दछ । नेपाल राष्ट्र बैंकले पुँजीबजारका लागि एउटा विशेषज्ञ सल्लाहकार रुपमा काम गर्न सकेमा, पुँजीबजारका तत्कालिन सम्स्या सम्बोधन हुन गई दीर्घकालमा निकै प्रभावकारी नतिजा हाँसिल गर्न सकिन्छ । 

नेपालको धितोपत्र बजारको विकासका लागि नेपाल राष्ट्र बैङ्कले सहयोगी भूमिका निर्वाह गर्दै आयकोमा अव उप्रान्त पनि नीतिगत व्यवस्थाहरूमा पुँजीबजारको क्षेत्र विस्तार हुने किसिमका नीतिहरुको निमार्ण गर्न सकिएमा नेपालको पुँजीबजारको संस्थागत विकासमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ । 

भविष्यमा पुँजीबजारको नतिजामुखी कार्यकालागि नेपाल राष्ट्र बैङ्कले आवश्यकता अनुसार बैङ्क तथा वित्तिय संस्था ऐनलाई संशोधन गरी बैङ्क तथा वित्तिय संस्थाहरूलाई पुँजीबजारसँग अझ बढी सशक्त रुपमा जोडिने आधार निर्माण गर्ने र नेपालको पुँजीबजारलाई अझ उन्नत स्तरमा पु¥याई पुँजीबजारका सरोकारवाला निकाय तथा लगानिकर्ता हकहित संंरक्षण गर्ने कार्यमा टेवा पु¥याउन सक्दछ । 

भट्टराईको यो लेख नेपाल राष्ट्र बैंकको आार्थिक मिमांस भन्ने पुस्तकमा सार्वजनिक भएको छ ।