ग्वार्को फलफूल तथा तरकारी बजारमा कुमारी बैंकको क्यूआर कोड सेवा सुरु

Advertisement

काठमाडौं । कुमारी बैंकले ललितपुरस्थित ग्वार्को फलफूल तथा तरकारी बजारमा क्यूआर कोड सेवा सुरु गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त सेवाको शुभारम्भ गरे । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी, तरकारी बजार व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा तरकारी तथा फलफूल बजारका व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यासरेस बैंकिङलाई कसरी अगाडि लैजाने भन्ने सन्दर्भमा आज क्यूआर कोड बितरण गरिएको बताए । 

Advertisement

उनले क्यासलेस बैंकिङलाई अगाडि बढाउन नेपाल राष्ट्र बैंकले पनि प्राथमिकता दिएको भन्दै कुमारी बैंकले अहिलेसम्म सात हजार तीनसय क्यासलेस प्वाइन्ट अफ टर्मिनल जडान गरिसकेको बताए । नेपालका धेरै युवाहरु प्रविधिमैत्री भइसकेकाले पनि क्यासलेस कारोबारमा जान सहज हुने भण्डारीको विश्वास छ । 

ललितपुरका मेयर महर्जनले प्रविधिमैत्री हुन सुरुमा केही कठिनाई भए पनि सिकिसकेपछि सहज हुने बताउँदै तर मैले जानेको छैन भनेर नसिकिकन बस्ने हो भने लाज मान्नुपर्ने अवस्था आउने बताए । क्यानडा जाँदा नगद पैसा नलिने त्यहाँको चलनले आफू अप्ठ्यारोमा परेको अनुभव सुनाउँदै महर्जनले समयसँगै सबै प्रविधिसँग अध्यस्त हुन सक्यो भने आफैलाई राम्रो हुने बताए । 

Advertisement

Advertisement