अब आइपीओ रिजल्ट सञ्चार माध्यमबाट हेर्न नपाइने, महिला लघुवित्तको आइपीओमा पनि लागु हुने

Advertisement

काठमाडौं । अब आईपीओ रिजल्ट सञ्चार न्यूज पोर्टलबाट हेर्न नपाईने भएको छ । हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण अन्तर्गत पर्ने भएकाले अबदेखि आर्ईपीओ रिजल्ट अनलाइन मिडियामार्फत सार्वजनिक गर्न नदिइने सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

यो व्यवस्थासँगै लगानीकर्ताले अब आर्ईपीओ रिजल्ट आर्ईपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् । 

Advertisement

यो व्यवस्था शुक्रबार (फागुन १४ गते) बाँडफाँड हुन लागेको महिला लघुवित्तको आइपीओमा पनि लागू हुने भएको छ । धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली पनि यस्तो व्यवस्था भएको न्यौपानेले बताए । 

Advertisement

Advertisement