तराईमा चर्को आवाजमा बजाइने डिजे बाजा मौलाउँदै, स्थानीय संस्कृति संकटमा

Advertisement

लहान । मंसिर, फागुन, बैशाख र असार महिनालाई बिबाह लगन महिनाको रुपमा लिने गरिन्छ । सबैभन्दा उपयुक्त मानिएको फागुनमा सबभन्दा बढी बिवाह हुने गरेको छ । दाइजोसँगै तडकभडक र चर्को आवाजमा बजाउने डिजे बाजा बजाउने फैसन नै भएको छ । डिजेको चर्को आवाज स्वास्थ्य र वातावरणमा नाकारात्मक असर परिरहेकोले यसलाई बन्द गर्नुपर्ने आवाज उठन थालेको छ ।

भारतका विहारबाट भित्रिएको डिजे विकृतिले अब हदै नाघ्यो । यसको नियन्त्रण हुन आवश्यक रहेको लेखनाथ मावि लहान २४ का प्रधानाध्यापक राम विलक्षण महतोको बुझाई रहेको छ । उनी भन्छन्, ‘बिवाहमा भइरहेको तडकभडक, अनावश्यक खर्च त बढ्दो छ नै त्यसमा डिजेमा चर्को स्वरमा बजाउने अश्लील गीतले नराम्रो प्रभाव पारेको छ ।

Advertisement

के गाँउ के सहर चारैतिर बन्द हुनुपर्ने हावाज उठेपनि यसको नियणत्रण हुन सकेको छैन । सामाजिक, धार्मिक र सांस्कृतिक रुपमा देखिएको नाकारात्क असरले स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त छैन ।’ बिबाहलाई सामाजिक प्रतिष्ठा र हैसियत देखाउन तकडकभडक गर्न मरबा टेण्ट सजाउन दसलाखभन्दा बढी गरिने खर्चलाई नरोक्ने हो भने धनी सम्पन्न व्यक्तिले गर्ने खर्चको देखासिखी गरेर गरीवा विपन्नहरुलाई खर्च गर्नैपर्ने अवस्थामा डिजे बाजाको खर्च थप तानव हुने गरेको महिला मानव अधिकारवादी रेणु कर्णको बुझाई रहेको छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement