बालाजु सडक विस्तार विरोधी र कमलपोखरी बचाउ अभियानकर्मीहरुको विरोध प्रदर्शन

Advertisement

काठमाडौं । बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोध शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गरिएको छ । 

सम्पदा संरक्षण अभियानकर्मीको नामबाट आयोजना गरिएको विरोध प्रदर्शनमा राजेन्द्र महर्जन, नारायण वाग्ले पनि सहभागी थिए । सो अवसरमा उपत्यका सडक विस्तार पीडितहरु पनि सहभागी भएका थिए । उनीहरुले माइतीघरबाट कमलपोखरी पुगेर कोणसभा गरेका थिए । 

Advertisement

कतिपय प्रदर्शनकारी परम्परागत नेवारी भेषभुषा र बाजागाजामा पनि उपस्थित थिए । उनीहरुले विकासका नाममा प्रतिगमन गरेको भन्दै विभिन्न प्लेकार्ड बोकेर विरोध जनाएका थिए । सरकारले सम्पदा नष्ट गर्न खोजेको भन्दै प्रदर्शनकारीहरुले सर्वोच्च अदालतको आदेशको सम्मान गर्न माग गरेका थिए । 

Advertisement

Advertisement