ओलीले आज साँझ एक्कासी मन्त्रिपरिषद्को बैठक बोलाए

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शुक्रबार  साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् । विशेष अवस्थामा बाहेक शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने चलन छैन् । तर, ओलीले एक्कासी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नसक्ने अडकल गरिएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरी १३ दिनभित्र बैठक बोलाउन निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । 

Advertisement

Advertisement

Advertisement