नेपाल इन्भेष्टमेण्ट बैंक ३५औं वर्षमा प्रवेश

Advertisement

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट बैंक ३५औं वर्षमा प्रवेश गरेको छ । सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राखी आफ्नो सेवा विस्तार गरिरहेको छ ।

विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र , साना तथा मझौला उद्यम र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा अधिक ग्राहकहरूलाई सेवा पुर्याइ सकेको छ । 

Advertisement

यस अवधिमा रु १६९ अर्बको निक्षेप संकलन तथा रु १५५ अर्बको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्याउँदै आएको छ । 

बैंकले रु ५ अर्ब भन्दा बढीको देशभरि वित्तीय आवश्यता बढी रहेका ३० हजार भन्दा बढी व्यक्तिलाई सीधै लघु कर्जा उपलब्ध गराएको छ । बैंकले यस शुभ अवसरमा, बैंक कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्येबद्धता प्रकट गर्नका लागि “सम्मान र्याली”को आयोजना ग¥यो । यसबाहेक, बैंकले स्वास्थ्यकर्मीहरूको लागि उचित ब्याजदरा प्रबर्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ ।

बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई कमर्श (ई–कम) ÷अनलाइन भुक्तानी र एसएमई÷ खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ ।  यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक “हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाती” नामक पुस्तक पनि सार्वजनिक गरेको छ । 

यो पहल अन्तर्गत “चिडियाखानाको भ्रमण” र “बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता,” शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन्, यी चित्रकथा पुस्तकहरु विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएका हुन् । 

Advertisement

Advertisement