फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस

Advertisement

काठमाडौं । सरकारले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक २३ गते बोलाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।


प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको ११ फागुनको फैसलासँगै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी भएको थियो । त्यसको कार्यान्वयनका लागि सरकारले संसद बैठक बोलाउन सिफारिश गरेको हो ।

Advertisement

Advertisement

Advertisement