मोदीले मलाई कसरी अविश्वास गर्नसक्नुहुन्छ ? म कल्पना पनि गर्न सक्दिनः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई अविश्वास गर्नैनसक्ने दाबी गरेका छन् । 

प्राइम टिभीको एक कार्यक्रममा शुक्रबार बोल्दै उनले नेपालको संसददेखि संयुक्त राष्ट्र संघको कार्यक्रममा समेत मोदीले नेपालको शान्ति प्रक्रियाको कुरा गरेको र त्यो आफूलाई सम्झिएको तर्क गरे । 

Advertisement

प्रचण्डले भने, ‘मोदीले नेपालको संसदमा भाषण गर्दा युद्धबाट बुद्धतिर, युद्धबाट शान्तितिर तपाईंहरुले ठूलो काम गर्नुभयो भनेर भन्नुभयो । मैले बुझेको छु, त्यो उहाँले मलाई नै भन्नुभएको हो । मेरो बारेमा र नेपालको बारेमा उहाँले संयुक्त राष्ट्र संघको कार्यक्रममा बोल्नुभयो नेपालको शान्ति विश्वकै लागि उदाहरण हो भनेर । उहाँले लालकिल्लबाट पनि हाम्रो बारेमा बोल्नुभयो । भनेपछि उहाँले मलाई कसरी अविश्वास गर्नसक्नुहुन्छ ? म कल्पना पनि गर्न सक्दिन् ।’

कुनै बादल लागेको छ, तुवाँलो लागेको छ भने पनि क्षणभरमै त्यो फाटिन्छ भन्दै उनले भारतले आफूलाई पूर्णरुपमा विश्वास गर्ने दाबी गरे । उनले भारतीय जनतादेखि त्यहाँका बुद्धिजीवीले समेत आफूलाई सबैभन्दा धेरै माया मान्ने र आफूले उनीहरुले चिन्ने बताउँदै प्रचण्डले भारतीय चासो र चिन्तालाई सकेसम्म हामीहरुले सम्बोधन गर्नुपर्ने बताए । 

Advertisement

Advertisement