कोभिड–१९ को मारमा परका उद्योगहरुले घाटा पूर्ति गर्नथाले

Advertisement

काठमाडौं । जीवनभरिको पुँजी र ऋणसमेत थपेर उद्योग–व्यापार क्षेत्रमा लागेका व्यवसायीलाई कोभिड–१९ महामारीले नराम्ररी थला पा¥यो । पूर्ण अनिश्चित वातावरणका बीचमा पर्खनु र हेर्नुबाहेक व्यवसायीले केही गर्न सकेका थिएनन् । देश पूर्ण लकडाउनमा हुँदा लगानी डुब्ने मात्र होइन, आफ्नो अनिश्चित भविष्यका बारेमा विभिन्न आशंका लिनु र मन अमिलो पार्नुको विकल्प उद्योगीसँग थिएन । तर, ‘रातपछि दिन आउँछ’ भन्ने भनाइजस्तै लकडाउन खुकुलो भएसँगै र मानिसहरूमा डरभन्दा भोक ठूलो हुँदै गएपछि विभिन्न आर्थिक क्षेत्र बिस्तारै लयमा फर्कन थाले । 

कोभिड महामारीका बीचमा पनि औद्योगिक उत्पादन र ढुवानी सेवा त्यति प्रभावित नहुँदा ‘सप्लाई चेन’ पनि बिग्रिन पाएन । त्यसैको बलमा पनि अहिले कोभिडको भुमरीबाट उद्योग–व्यवसायहरू तंग्रिन थालिसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् ।

Advertisement

उनी भन्छन्, ‘केही साना तथा मझौला उद्योग, पर्यटन क्षेत्र, हस्पिटालिटी, वायुसेवा, चलचित्र उद्योगबाहेकका उद्योग–व्यवसायहरू पुरानै अवस्थामा फर्किन थालिसकेका छन् ।’ कोभिडले थला परेका करिब ४० प्रतिशत साना तथा मझौला उद्योगहरू भने अझै सञ्चालनमा आउन नसकेको उनको अनुमान छ । अधिकांश ठूला उद्योग भने सञ्चालनमा आएको मात्र नभई कतिपय उद्योगले कोभिडको घाटा पनि पूर्ति गर्न थालिसकेको गोल्छाको अनुमान छ । 

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement