कुखुराको दानाको मूल्य फेरि बढाउने तयारी

Advertisement

काठमाडौं । नेपाल दाना उद्योग संघले कुखुराको दानाको मूल्य बढाउने तयारी गरेको छ । दाना उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य बढेपछि संघले यस्तो तयारी थालेको हो । यसअघि गएको माघमा समेत प्रतिकिलो २ रुपियाँका दरले दानाको मूल्य बढाएको संघले पुनः प्रतिकिलो २ रुपियाँ मूल्य बढाउने भएको छ ।

अहिले अन्तरराष्ट्रिय बजारमै दाना उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चापदार्थ (भटमास)को मूल्य र यसको ढुवानी भाडादर समेत बढेको संघले बताएको छ । सोहीकारण दानाको मूल्य बढाउनैपर्ने अवस्था आएको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए । ‘अबको २ साताभित्र मूल्य बढाउने तयारी गरिएको छ,’ उनले भने ।

Advertisement

भटमासको मूल्य अझ बढ्ने सम्भावना रहेकाले दानाको मूल्य अबको महीनामै बढ्न सक्ने संकेत उनले गरे ।

उनका अनुसार मङ्सिरमा प्रतिकिलो ६५ रुपियाँ रहेको भटमासको मूल्य अहिले ८० रुपियाँ पुगेको छ । अहिले भटमासको मूल्य बढ्नुपर्ने खास कारण नभए पनि अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको बहानामा व्यापारीहरूले मूल्यवृद्धि गरेको बताइएको छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement