शेयर बजारमा पहिरोः ७९.७४ अंकले घट्यो नेप्से सूचक

Advertisement

काठमाडौं ।हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचकमा भारि गिरावट आएको छ । आज नेप्से सूचक ७९.७४ प्रतिशतले घटेर २४७४.३९ बिन्दुमा झरेको छ । 

आज २०७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ रुपियाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्स चेन्जले जानकारी दिएको छ । 

Advertisement

कारोबारमा आएको १२ समूहमध्ये ११ समूहको शेयरमा गिरावट आएको छ, भने होटल समूहको शेयर सामान्य बढेको छ । यस समूह ११.०८ अंकले बढेको हो । यता सबै भन्दा धेरै गुमाउने समूह अन्र्तगत लाईफ इन्स्योरेन्स कम्पनीहरु रहेका छन् । यस समूहको शेयर आज ६६४.८ प्रतिशतले घटेको छ । 

आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सका लगानीकर्ताहरुले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ९.८१ प्रतिशतले कमाएका छन् । सबै भन्दा धरै गुमाउने कम्पनीमा गणपति माइक्रोफाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको कारोबार आज सात प्रतिशतले घटेको छ ।   


 

Advertisement

Advertisement