नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार आयोः नर्भिक

Advertisement

काठमाडौं । नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको नर्भिक अस्पतालले जानकारी दिएको छ । 

शुक्रबार बिहान मष्तिष्कघात भई भर्ना भएका उनको आइसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  यसअघि जोशीको अवस्था गम्भीर रहेको बताएको नर्भिकले आइतबार स्वास्थ्यमा सुधार आएको जानकारी दिएको हो । 

Advertisement

शनिवारको तुलनामा उनको स्वास्थ्य अवस्था आज निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिएका छन् । झाका अनुसार जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् । 

नेता जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उनले आँखा भने नखोलेको अस्पतालको भनाई छ । यस्तै, आज जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ । 

डा. झा भन्छन्, ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन । उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’ 
 

Advertisement

Advertisement