सिप्रदीका निर्देशक सौर्य राणाको निधन

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक सौर्यशमशेर राणाको निधन भएको छ। चार दिनअघि मात्रै मेडिसिटी हस्पिटलमा मुटुको शल्यक्रिया गराएका राणाको आइतबार बिहान निधन भएको सिप्रदीले जनाएको छ । 

उनको शब आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । नेपालको अटोमोवाइल क्षेत्रमा लामो समय काम गरेका राणा कम बोल्ने सालिन व्यक्ति थिए । उनी नेपाल भारत चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका थिए । आलोकनगरमा बस्दै आएका राणाको श्रीमती, एक छोरा र एक छोरी छन् ।

Advertisement

Advertisement

Advertisement