कुनै समयको लोकप्रिय ‘आईसबर्ग’ फेरि उपभोक्ता माझ !

Advertisement

काठमाडौं । आईसबर्ग अर्थात कुनै समय नेपाली माझ निकै लोकप्रिय बियर । यो बियरबारे नयाँ पुस्ताका युवाहरुलाइ थाहा नहुन पनि सक्छ । तर, धेरै पुराना पुस्ताको जिब्रोमा यसको स्वाद कायमै छ । कुनै समयमा लोकप्रिय बियर भएकाले धेरै उपभोक्ताको मनमस्तिस्कमा यसको छाप अझै कायम छ ।

जतिबेला नेपालमा बहुर्राष्ट्रिय कम्पनीका बियरहरुको अतिक्रमण थिएन, त्यो बेला युवाहरुको तीर्खा मेट्ने काम यही नेपाली बियर आईसबर्गले नै गथ्र्यो । आईसबर्गले नेपालीहरुमा बियर संस्कृतिको विकास गरेको थियो, जसको प्रतिफल अहिले अरु ब्राण्डले समेत पाइरहेका छन् ।

Advertisement

तर, आईसबर्ग आफ्नो गौरवमय इतिहासलाई बोकेर फेरि नेपालीहरु माझ आएको छ जसलाई नेपालको एउटा ठूलो व्यवसायिक घरानाले काँध थापेको छ, त्यो हो सिजी होल्डिङ्स । सिजी होल्डिङ्सले हिमालयन ब्रुअरी र त्रिशक्ती डिष्टिलरीको अधिकांश स्वामित्व ग्रहण गर्दै आईसबर्गसहित अन्य सह– उत्पादनहरु नयाँ रुप, नयाँ प्रविधि, नयाँ शैली र नयाँ योजनाका साथ बजारमा ल्याएको छ ।

नेपालको नम्बर १ ब्राण्डको पहिचान बोकेको आईसबर्गले अब पनि नम्बर १ नै हुने लक्ष्य बनाएको छ । यसको बजार, गुणस्तर, स्वादमा पनि नम्बर १ बन्नुपर्ने दबाब सिजी होल्डिङ्सलाई पर्ने देखिन्छ । आईसबर्गको प्लान्ट (कारखाना) गोदावरीमा रहेको छ । गोदावरीको विशेषता हो ‘स्प्रिङ वाटर’ र हिमालयन ब्रुअरी एवं त्रिशक्ती डिष्टिलरीले आफ्ना उत्पादनहरुमा त्यही स्प्रिङ वाटर प्रयोग गर्दै आइरहेको छ जुन अहिलेसम्म अन्य कुनै पनि नेपालका बियरहरुमा प्रयोग हुन सकेको छैन् । 

इतिहास
हिमालयन ब्रुअरी सन् १९८१ मा संस्थापना भएको कम्पनी हो । यसले सुरुमा गोल्डेन इगल भन्ने ब्राण्ड बजारमा ल्याएको थियो जुन तत्कालिन समयमा निकै लोकप्रिय थियो । आईसबर्ग भने १९८६ बाट उत्पादन सुरु भएको हो । लक्जेम्बर्गमा भएका मोन्डे सेलेक्शनमा यी दुवै ब्राण्डले स्वर्ण पदक जितेर आफ्नो ब्राण्डसँगै नेपालको प्रतिष्ठा समेत कायम गर्न सफल भएका थिए ।

आईसबर्ग सुरुदेखि नै सात प्रतिशत अल्कोहल भएको स्ट्रोङ सेगमेन्टको बियर हो । चार दशक देखी नेपालमा बियर संस्कृती स्थापना गर्ने ब्राण्डनै आईसबर्ग हो । अरू बियरहरु निकै पछि मात्रै नेपालमा आएका हुन् ।

विक्री तथा गुणस्तरका आधारमा आईसबर्ग धेरै वर्ष सम्म नं १ हुन सफल थियो । समयक्रम सँगै बजारमा प्रतिस्पर्धा बढ्दै गयो । तत्पश्चात पनि आएका नयाँ प्रवद्र्धकहरुले हिमालयन ब्रुअरीलाई अघि बढाउने प्रयास गरे । तर, नेपाली बजारमा बियरको प्रतिस्पर्धा निकै बढिसकेको थियो । प्रतिस्पर्धा गर्न कठिन भएकाले पछिल्लो समयमा आईसबर्गको उत्पादन बन्द नै हुनपुग्यो । आईसबर्गको पूरानो लोकप्रियतालाई पुनर्जीवित गर्ने प्रयास उहाँहरुले गरिरहनु भएको थियो । 

त्यसै क्रममा सिजी होल्डिङ्गस्ले हिमालयन ब्रुअरी लाई आफ्नो स्वामित्वमा ल्याई आईसबर्गलाई नयाँ बोतल, नयाँ लेबल र नयाँ ढंगबाट पुनर्जीवित गरि बजारमा ल्याएको छ । करिव डेढ बर्षअघिे सिजी होल्डिङ्गस्ले कम्पनीको अधिकांश स्वामित्व खरिद गर्यो । २०७६ साल भदौबाट औपचारिकरुपमा सिजी होल्डिङ्सले यसको ब्यवस्थापन र सञ्चालन गर्दै आएको छ । 
आईसबर्गलाई २०७६ फागुनबाट नै नयाँ स्वरुपमा बजार ल्याउने योजना थियो । फागुनमा तयारी नपुगेपछि बैशाखमा गर्नेगरी समय पर सारियो । तर, कोरोना भाइरस (कोभिड १९)को महामारी सुरु भयो । पुनः समय सारेर दशैंबाट बजारमा ल्याउने योजना बनाइयो । तर, तयारी नसकिएकोले आउँदो फागु पूर्णिमा (होली)लाई लक्षित गरी सोमबार (फागुन १७ गते) बिक्री शुभारम्भ गर्ने तयारी गरिएको छ ।

के के छन् ब्राण्ड ?
बियर उत्पादन गर्ने हिमालयन ब्रुअरी र रक्सी उत्पादन गर्ने त्रिशक्तीका हाल चलिरहेका ब्राण्डहरुमा कमाण्डो, आईसबर्ग, काठमाडौं छन् । पूरानो गोल्डेन इगल अहिले पूर्णरुपमा नै बन्द  छ । लाइट सेगमेन्ट अन्तर्गत काठमाडौं बियरमा ५.५ प्रतिशत अल्कोहल रहेको प्रिमियम बियर छ । अल्कोहल कम भएकोलाई प्रिमियम सेगमेन्टमा राख्ने गरिन्छ जसमा बोटलिङ, प्याकेजिङ, प्राइसिङ जस्ता कुराले पनि अर्थ राख्छ ।

बर्चस्सो कायम राख्नुपर्ने चुनौति
आईसबर्ग कुनै समय नेपालमा एकछत्र छाएको बियर ब्राण्ड हो । त्यो प्रभावलाई कायम राख्नुपर्ने चुनौति हिमालयन बु्रअरी र सिजी होल्डिङ्समाथि आइपरेको छ । त्यसका लागि प्याकेजिङदेखि लेबलिङ आकर्षक ढंगबाट गरिएको छ । आईसबर्गका लागि ठूलो आधार सिजी होल्डिङ्स को संलग्नताले गर्ने देखिन्छ । हिमालयन ब्रुअरी निकै सावधानीका साथ अगाडि बढ्ने रणनीतिमा छ ।
नयाँ ब्राण्डका सामान बजारमा ल्याउन जति सहज हुन्छ, त्योभन्दा बढि बजारबाट एक पटक हराउन लागिसकेको ब्राण्डलाई पुनर्जीवित गर्ने कुरा झन कठिन छ । तर, पनि इतिहास बोकेको र कुनै समयको निकै लोकप्रिय बियरलाई फेरि नेपाली उपभोक्तामाझ लोकप्रिय बनाउने अठोट सिजी होल्डिङ्सले गरेको छ । हिमालयन ब्रुअरी नेपालको पूरानो कम्पनी हो जहाँ दशकौंदेखि कार्यरत कर्मचारीहरु अझै पनि छन् । नयाँ ज्ञान र सीप भएकाहरुले पनि प्रवेश पाएका छन् । त्यही पूराना साखः, अनुभवलाई लिएर नयाँ ढंगबाट आईसबर्ग बजारमा आउँदै छ । आईसबर्ग मुख्य व्राण्डको रुपमा रहने छ । हिमालयन ब्रुअरीको अर्को बियर ‘कमाण्डोे बियर’ बजार अहिले नगन्य छ । यसलाई पनि अघि बढाउँदै क्रमसः अरु प्रोडक्टहरु थप्दै जाने योजना बनाइएको छ ।

के के छ नयाँपन ?
आईसबर्ग नयाँ स्वादका साथ बजारमा आउँदैछ । नयाँ स्वादको परीक्षण गर्दा धेरैले मनसमेत पराइसकेका छन् । सिजी होल्डिङ्समा आइसकेपछि यसको प्याकेजिङ, लेबलिङ, बितरण प्रणाली सबै कुरामा फरक देख्न सकिन्छ ।

हिमालयन ब्रुअरी मात्रै त्यस्तो कम्पनी हो जसले वास्तविक स्पिङ वाटरको प्रयोग हुन्छ । बियरमा ९० प्रतिशत पानी हुन्छ । पानीको स्वाद राम्रो भयो भने बियरको स्वादमा पनि स्वाभाविकरुपमा फरक स्वाद आउँछ । नेपालका अधिकांश बियरहरुको प्लान्ट तराईमा रहेका छन् । उनीहरु बोरिङको पानी प्रयोग गर्छन । बोरिङको पानीमा पहाडमा मुलबाट आएको पानीको जस्तो मिठो स्वाद पाउन सकिन्न ।

पानीलाई जतिसुकै प्रशोधन र फिल्टर गरे पनि त्यसले स्वादमा मिठास आउँदैन् । हिमालयन ब्रुअरी र त्रिशक्ती डिष्ट्रिलरीले गोदावरीको मुहानबाट आएको शुद्ध पानीलाई नै प्रशोधन गरी बियरदेखि रक्सी उत्पादन गर्छ । त्यही भएकाले पनि यी कम्पनीका उत्पादनहरुको स्वादमा फरकपन भेटिन्छ ।

आईसबर्ग कस्तो बियर ?
आईसबर्गमा सात प्रतिशत अल्कोहल छ । अल्कोहल धेरै हुँदैमा त्यो बियर सस्तो हुने र कम हुँदैमा प्रिमियम हुने भन्ने हुँदैन् । त्यसले बियर स्ट्रोङ कि लाइट भन्ने मात्रै फरक हो । बियर प्रिमियम हो वा सस्तो हो ? भन्ने कुरा छुट्टाउन यसमा प्रयोग भएको कच्च पदार्थ, स्वाद, गुणस्तर जस्ता कुराहरुले निर्धारण गर्दैछ । 

नेपाली बजारमा धेरै किसिमका बियरहरु छन् जसको छुट्टाछुट्टै सेगमेन्ट छ । आ–आफ्नै ग्राहकहरु छन् । कतिपय मानिसहरुले ठाउँ र परिस्थिति अनुसार पनि फरक फरक बियरहरु सेवन गर्नसक्छन् । आईसबर्ग नयाँ स्वाद र नयाँ पनका साथ आफ्ना छुट्टै उपभोक्ताहरु बनाउने र बढाउने योजनामा छ । कुनै खास ब्राण्डसँग प्रतिस्पर्धा गर्ने र उसलाई डाउन गर्ने भन्दा पनि आफू स्वस्थ ढंगबाट अघि बढ्ने योजना हिमालयन ब्रुअरीले बनाएको छ ।

नेपालमा अहिले नाम चलेका बियरहरुको बिक्री पनि घट्दै गएको छ । अहिले बजारम दिनप्रतिदिन स्ट्रोङ बियरको माग बढ्दै गएको छ । लाइट बियर महंगो मूल्य तिरेर उपभोग गर्ने उपभोक्ताको संख्या दिन प्रतिदिन घट्दै गएको देखेर आईसबर्गले स्ट्रोङ प्रिमियम बियर बजारमा ल्याएको छ ।

मूल्य कति ?
बियर मुख्यता दुई प्रकारका हुन्छन् । लार्गर र एल । आइसबर्ग लार्गर बियर हो । नेपालका ९० प्रतिशत बियर लार्गरमै छ । यसको खुद्रा मूल्य बोतलको २८५ रुपियाँ र कार्टुनको तीन हजार ४२० रुपियाँ कायम गरिएको छ जुन अन्य बियरहरुको तुलनामा सरदर मूल्य हो ।

गुणस्तरको सुनिश्चितता
गुणस्तरमा कुनै पनि तलमाथि हुन नदिन हिमालयन ब्रुअरी र त्रिशक्ती डिष्ट्रिलरीले सबै उपायहरु अपनाएका छन् । कम्पनीले गुणस्तर जाँचका लागि आधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्तिको समेत व्यवस्था गरेको छ ।  आम मानिसले उपभोग गर्ने र उनीहरुको स्वास्थ्यसँग जोडिएको उत्पादन भएकाले पनि गुणस्तर परीक्षणमा विशेष सतर्कताका साथ काम गर्ने योजना बनाएको छ । सरकारी निकायबाट पनि समय समयमा नमुना परीक्षण हुने र कैफियत भेटिए कारवाही गर्ने भएकाले त्यस्तो स्थिति आउन नदिन दुवै कम्पनी सचेत देखिन्छन् ।

बितरण प्रणाली
तत्कालिन समयमा हिमालयन ब्रुअरीको देशभर बितरण प्रणाली राम्रै थियो । तर, उत्पादन घट्दै गएपछि त्यो बितरण प्रणाली पनि भत्किन पुग्यो । अब सिजी होल्डिङ्सले नै यसको जिम्मा लिएकाले बितरण प्रणालीमा कुनै समस्या रहने छैन् । सिजी होल्डिङ्सको सशक्त सञ्जाल मार्फत आईसबर्ग र यसका अन्य सहउत्पादनहरुलाई देशका कुना कुनामा पुर्याउन खासै समस्या हुने देखिन्न । त्यस माथि सिजी होल्डिङ्सको उत्पादन भनेपछि बितरण प्रणाली त्यसै पनि ठूलो हुने र बितरकहरुमा पनि आत्मविश्वास स्वतः बढेको छ ।
भर्खरै बजारमा आएकाले आईसबर्ग बजारमा सहज उपलब्ध हुन एक–डेढ महिना लाग्नसक्ने देखिन्छ । तर पनि मुलुकका मुख्य मुख्य बजारमा यो बियरको आपूर्ति भइसकेको छ ।

सिजीप्रति जनताको भरोसा
सिजी होल्डिङ्स नेपालको स्थापित व्यवसायिक समूह भएकाले आईसबर्गलाई बजार लिन धेरै हदसम्म त्यत्तिकै सहज हुनेछ । सिजी होल्डिङ्स प्रति आम मानिसको निकै विश्वास रहँदै आएको छ । सिजी होल्डिङ्सको स्वामित्वमा आइसकेपछि हिमालयन ब्रुअरीलाई त्यो खालको चिन्ता हुँदैन् ।

बजारमा बितरकदेखि उपभोक्तासम्मले सिजी होल्डिङ्सबाट उत्पादित सामान भनेपछि शंका गर्नुपर्ने अवस्था रहँदैन् । बितरकहरुले निर्धक्कसँग आफ्ना सामान बेच्न सक्नेछन् । उपभोक्ताहरुले ती सामानहरु सेवन गर्न सक्नेछन् । बजारमा ‘बिग प्लेअर’ आइसकेपछि बितरण प्रणालीमा पनि नयाँ उर्जा आएको 
छ ।

कसरी अघि बढ्दै छ सिजी होल्डिङ्स ?
सिजी होल्डिङ एकैचोटी धेरै उत्पादन बजारमा ल्याउने सोचमा छैन् । उसले एकपछि अर्को ब्राण्ड उत्पादन गर्दै बजार विश्लेषण गर्दै अरु नयाँ उत्पादन थप्ने योजना बनाएको छ । एकैपटक एउटै प्रोडक्ट धेरै उत्पादन गरेर बजारमा छर्ने, धेरै ब्राण्डहरु ल्याउने, धेरै तडकभडक प्रचारप्रचार गर्ने, ति बर्षमा यति बजार हिस्सा ओगट्ने भन्ने रणनीतिमा सिजी छैन् । हरेक पाइला गन्दै अघि बढ्ने योजना बनाएको सिजी होल्डिङ अरु धेरै बियर उत्पादकहरुको असफलतालाई हेरेर त्यो अवस्था भोग्नुनपरोस भन्नेमा छ । बिक्री तथा बितरण प्रणालीलाई चुस्त बनाउने भन्नेमा अहिले हिमालयन ब्रुअरीका व्यवस्थापक एवं कर्मचारीहरु लागिपरेका छन् । अहिलसम्मको तयारीले उनीहरु निकै उत्साहित पनि देखिन्छन् । बजारमा आफ्ना उत्पादन पठाइसकेपछि मात्रै आफ्नो भिजन तयार गर्ने योजनामा सिजी होल्डिङ्स रहेको छ । पहिला आफ्नो आन्तरिक संयन्त्र बलियो बनाएर मात्रै बाह्य क्षेत्र बलियो बनाउने रणनीतिमा सिजी छ ।

Advertisement

Advertisement