सिमेन्ट तथा क्लिंकरमा आत्मनिर्भर भए पनि दुई अर्ब ५५ करोड सिमेन्ट तथा क्लिंकर आयात

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष २०७७–७८ को ७ महीनामा रू. २ अर्ब ५५ करोड बराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । नेपाली सिमेन्ट तथा क्लिंकर उद्योगहरू आंशिक रूपमा सञ्चालन भई पूर्ण क्षमतामा उत्पादन नभएपछि आत्मनिर्भर उन्मुख र बढी लगानी भएको यो क्षेत्रमै आयात बढ्दो क्रममा देखिएको छ ।

चालू आवको पहिलो महीना साउनमा रू। ५१ करोड ३४ लाख मूल्यको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । गत आव २०७६–७७ को साउनमा रू. २४ करोड ४२ लाख मूल्य बराबरको सिमेन्ट तथा क्लिंकर आयात गरेको थियो ।

Advertisement

नेपालमा पूर्वाधार निर्माणको सिजन शुरू भएसँगै भारतबाट यी वस्तुको आयात पनि क्रमिक रूपमा बढ्दै आएको छ । कात्तिकदेखि जेठ अन्तिमसम्म पूर्वाधार निर्माणको सिजन मानिए पनि मङ्सिरदेखि मात्रै निर्माण अघि बढ्ने गरेको पाइन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार कात्तिकमा यी वस्तुको आयात शून्यप्रायः रहेको छ । तर, मङ्सिरदेखि भने सिमेन्ट तथा क्लिंकरको आयातमा शुरू महीनाको तुलनामा बढ्दो क्रममा रहेको छ । विभागका अनुसार चालू आवको असोजमा रू. १ अर्ब ९ करोडको सिमेन्ट तथा क्लिंकर आयात भएकोमा मङ्सिरसम्म आइपुग्दा आयात बढेर रू. १ अर्ब ४१ करोड पुगेको छ । यो क्रम वृद्धि हुँदै आएको छ । माघसम्म आइपुग्दा साढे २ अर्बभन्दा बढीको सिमेन्ट तथा क्लिंकर आयात भएको छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement