चार्जिङ स्टेशन निर्माणका लागि सम्झौताको तयारीमा प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विद्युतीय सवारी साधन चार्जिङ स्टेसन निर्माणको सम्झौता गर्ने अन्तिम तयारीमा छ ।

एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको एक हप्तामा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउने भएको छ । करिब ६० करोड रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डरको आह्वान भएको थियो ।

Advertisement

प्राधिकरणका विद्युतीय चार्जिङ स्टेसन परियोजना प्रबन्धक सागर ज्ञवालीले भने, “बोलपत्रको मूल्याकङ्न सकिएर सम्झौता गर्ने तयारी भएको छ, अब एक हप्तामा सम्झौता हुन्छ । ” उनका अनुसार देशभर ५० वटा स्टेसन निर्माणका लागि १३ वटा कम्पनीले परियोजना प्रस्ताव दिएका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एउटा चार्जरको मूल्य करिब ३० लाख रुपियाँ पर्छ ।

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच–पाँचवटा काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा आवश्यकता भएका स्थानहरूमा राखिनेछ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement