सिन्धु विकास बैंकको साधारण सभा चैत ९ मा, लगानीकर्ताको हात खाली हुने

Advertisement

काठमाडौं । सिन्धु विकास बैंकले एघारौं साधारणसभा चैत ९ गते बोलाएको छ । आर्थिक वर्ष २०७६–७७ को नाफाबाट शेयरधनीको लागि कुनै पनि लाभांशको घोषणा गरेको छैन । बैंक सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । यसकारण यसपटक लगानीकर्ताको हात खाली हुनेछ ।
 
बैंकको सभा आगन्तुक रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । कोरोनाको कारण सभा भर्चुअल मध्यमबाट हुने बैंकले जानकारी दिएको छ । 

साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । 

Advertisement

सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ । साधारण सभा प्रयोजनको लागि बैंकले फागुन २८ गते एकदिन बुक क्लोज गर्ने भएको छ । 
 

Advertisement

Advertisement