सबैको लघुवित्तले ११.०५ प्रतिशत लाभांश पारित गर्न चैत १४ मा बोलायो साधारणसभा

Advertisement

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चौथो साधारणसभा चैत १४ गते बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि ल्याएको छ ।

कम्पनीले १०.५० प्रतिशत बोनस सेयर कर प्रयोजन सहित ०.५५ प्रतिशत नगत लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ ।  सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर तनहुँमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा गर्न सबैको लघुवित्तले फागुन २८ गतेदेखि चैत १४ गतेसम्म बुक क्लोज गर्नेछ । 
 
फागुन २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा लाभांश पाउन सक्नेछन् । हाल यस लघुवित्तको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ छ । कम्पनीले सोही पुँजीमा बोनस सेयर र कर तिर्न नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित १०.५० प्रतिशत बोनस सेयरपछि चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement