शेयर बजारले लय समात्यो: चन्द्रागिरि हिल्सका लगानीकर्ताले धेरै कमाए, निफ्राको कारोबार उच्च

Advertisement

काठमाडौँ । साताको पहिलो दिन शेयर बजारमा पहिरो गए पनि आज दोश्रो भने पुनः उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज नेप्से परिसूचक ४०.६४ अंकले बढेको हो । हिजो भने ७९.७४ अंकले बजार घटेको थियो । 

नेप्सेका अनुसार आज १.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५१५.०३ अंकमा उक्लिएको छ । आज २०९ कम्पनीका १ करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपियाँ बराबरको कारोबार भएको छ । आज बजार बढे पनि कारोबार रकम भने घटेको हो । हिजो बजार घटे पनि ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो । 

Advertisement

बजारमा करेक्शन आएको दिन आज सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा बढी ३५९.१७ अंकले बढेको छ । 

आज चन्द्रागिरि हिल्सको शेयर मूल्य सबैभन्दा बढी ९.९० प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले सबैभन्दा बढी १.८४ प्रतिशतले घाटा ब्यहोरेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को उच्च कारोबार भएको छ । निफ्राको ४४ करोड ४८ लाख ५२ हजार ६ सय ४७ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  
 


 

Advertisement

Advertisement