पुनर्बीमा कम्पनीको संभाव्यता अध्ययन गर्न बनाइएको समिति सुरुमै विवादमा

Advertisement

काठमाडौं । बीमा समितिले स्वार्थ बाजिने गरी थप पुनर्बीमा कम्पनी सञ्चालन गर्न दिनेबारे संभाव्यता अध्ययन गर्न बनाइएको समितिमा स्वार्थ बाझिनेगरी सदस्य नियुक्त गरेको छ । 

समितिले भोजराज शर्माको संयोजकत्वमा गठन गरेको समितिमा सदस्य नियुक्त गरिएका दीपप्रकाश पाण्डे हालको नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पनि हुन् । अध्ययन समितिको अर्को सदस्यमा चार्टर्ड एकाउण्टेन्ट सुजन आचार्य पनि छन् । 

Advertisement

पाण्डेलाई बीमक संघका अध्यक्ष हैसियतमा अध्ययन समितिको सदस्य नियुक्त गरिएको समितिले दाबी गरे पनि नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक रहँदारहँदैको अवस्थामा नियुक्त गर्न नमिल्ने सम्वद्ध क्षेत्रका एकजना व्यक्तिले बताए । 

बीमक संघको प्रतिनिधि नै राख्ने हो भने पनि अन्य कुनै व्यक्ति वा डा। रविन्द्र घिमिरे जस्ता स्वतन्त्र व्यक्तिहरुलाई नियुक्त गर्न सकिन्थ्यो भन्दै उनले भने, ‘नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक रहेको व्यक्तिले  आफ्नो प्रतिस्पर्धी कम्पनी ल्याउनुपर्छ भनेर कसरी संभाव्यता अध्ययन गरी सुझाव दिनसक्छ । यदि दिएछ भने पनि स्वार्थ अनुकुल हुनेगरी दिन्छ ।’

हाल नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनी भएकाले उसको एकाधिकार हटाउन र उसलाई प्रतिस्पर्धी बनाउन पनि थप पुनर्बीमा कम्पनीको खाँचो रहेको विज्ञहरुले बताउँदै आएका छन् । नयाँ पुनर्बीमा कम्पनीका लागि  चार वटा कम्पनीले इच्छा देखाएका छन् । समितिमा अन्नपुर्ण, प्रुडेन्सियल, जेन्युन र काठमाडौं रिइन्स्योरेन्स कम्पनीले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि पहल गरेका छन् । 

चार वटालाई नै मर्ज गरी अर्को नयाँ कम्पनीलाई लाइसेन्स दिने समितिले तयारी गरिरहेको हल्ला चलेको बेला समितिले यससम्वन्धी संभाव्यता अध्ययन गर्न समिति बनाएको हो । तर, अध्ययन समिति सुरुमै विवादमा परेको छ ।  

समितिका एक अधिकारीले भने पाण्डेको नियुक्तलाई खासै ठूलो विषय ठानेनन् । उनले भने, ‘यो खासै न्यूज हुने विषय होइन् ।’ नयाँ पुनर्बीमा कम्पनी स्थापनामा चासो राख्नेहरुले भने पाण्डेलाई राखेर बनाइएको समितिले दिएको रिपोर्ट विवादमा पर्ने भएकाले अहिले नै स्वतन्त्र व्यक्तिहरु राखेर अध्ययन हुनुपर्ने बताउँछन् ।  

समितिले अध्ययन समितिलाई २१ दिन भित्रमा प्रतिवेदन बुझाउन समय दिएको छ । यसको व्यवसाय नेपालमा मात्रै नभएर विश्वमै हुने भएकाले  भविश्यको संभावित ठूलो व्यापारलाई दृष्टिगत गर्दै लगानीकर्ता पुनर्बीमा कम्पनीतर्फ आकर्षित भएका छन् । 

Advertisement

Advertisement