‘सर्वोच्चले हराइसकेपछि झन उल्टै हामी अझ बलियो भयौं अरे, हाहाहा.... !’

Advertisement

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोआज प्रधानमन्त्री केपी ओलीले झन जितेझैं गर्न थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । आफ्नो समूहनिकट पेसागत महासङ्घ र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको कार्यक्रममा शुक्रबार उनले सर्वोच्च अदालतले संसद विघटन बदर गर्दासमेत ओलीले राजीनामा नदिएकोमा आश्चर्य प्रकट गरे ।  


सर्वोच्चले संसद पूनःस्थापना गरिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै प्रचण्डले भने, ‘सर्वोच्चले उहाँहरुलाई हराईदिएको छ, तर उहाँहरु झन हामी बलियो भयौं रे, हाहा... यो अचम्म हारेपछि बलियो हुने अरे, त्यस्तो पनि हुन्छ कहीँ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर पूरै देशले भनिराखेको छ । उहाँ त अब पार्टी सदस्य पनि हुनुहुन्न । संवैधानिक ढंगले, प्रतिगमनकारी हो । प्रधानमन्त्रीमा एक क्षणपनि बस्न लायक छैन् ।’

Advertisement

नेकपाको आधिकारिक मान्यता पनि आफूहरुले नै पाउने दाबी गर्दै उनले थपे, ‘पार्टी मान्यता हामीले पाईनै सक्यौं । सूर्य चिन्ह पाईसक्यौं । केपी नांगै भैसके । मैले त संसद् पूनःस्थापना भएपनि उहाँलाई राजीनामा दिनुभयो भने, नेपाली जनताले माफ गर्नेछन भनेको थिएँ । तर, अहिले नैतिकताको खडेरी परेको देखियो । संविधानमाथि घात भयो । नैतिकताको आधारमा एक रौं पनि आफ्नो तर्फबाट प्रदर्शन गर्न नपर्ने ? उल्टै धम्की । पूरै ध्वस्त नभएसम्म केपीजीको बुद्धि पलाउने देखिएन । नयाँ सरकार गठन प्रक्रियाको सुरुवात हुनेछ । हामीले देखेको सपना पूरा हुनेछ ।’

Advertisement

Advertisement