कर्जा विस्तारमा बैंकहरु आक्रामक, एकसातामै २७ अर्ब रुपियाँ कर्जा प्रवाह

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुले एक साताभित्रमा २७ अर्ब रुपियाँ कर्जा प्रवाह गर्दा ११ अर्ब रुपियाँ मात्र निक्षेप संकलन गरेका छन् ।  नेपाल बैंकर्स एशोसिएसनको तथ्याङ्क अनुसार फागुन ७ गतेदेखि १४ गतेसम्ममा २७ वाणिज्य  बैंकहरुले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् ।

यस अवधिमा बैंकहरुको कर्जा लगानी बढेको भएता पनि निक्षेप संकलन भने घटेको छ । फागुन १४ गतेसम्म आइपुग्दा बैंकहरुले कुल ३८ खर्ब ९ अर्ब रुपियाँ निक्षेप संकलन गरेका छन् भने ३३ खर्ब ६२ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए ।

Advertisement

कोरोना भाइरस (कोभिड १९) महामारीपछि सुस्तसँग बढ्न थालेको बैंकहरुको कर्जा लगानी पछिल्लो समय तीब्र भएको छ । बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य तरलता विस्तारै कम हुँदै गइरहेको नेपाल राष्ट्र बैंंकले जानकारी दिएको छ ।  राष्ट्र बैंकका अनुसार हाल बैंकिङ क्षेत्रमा ७१ अर्ब रुपियाँ मात्रै यस्तो तरलता रहेको छ । 

Advertisement

Advertisement