सर्वोच्चका कारण अन्तःशुल्क स्टीकार छपाई प्रक्रिया रोकियो

Advertisement

काठमाडौं । अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई दिने गरी आन्तरिक राजस्व विभागले बोलपत्र आह्वान गरेको महीनौं बिते पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लाग्न नसक्दा प्रक्रिया नै रोकिएको छ ।

बोलपत्र आह्वानपछि छपाइको जिम्मा लिन फ्रान्स, इटलीलगायत मुलुकका कम्पनीहरू सरिक भए पनि अहिले ती कम्पनीको मूल्यांकन हुन सकेको छैन ।

Advertisement

आन्तरिक राजस्व विभाग अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख एवं उपमहानिर्देशक शिवादेवी दाहालका अनुसार सरकारले चाहेअनुसार स्टीकर छपाइ हुन नसक्दा माग धान्न धौधौ परिरहेको छ ।

‘टेन्डर आह्वानपछि इच्छुक कम्पनीहरू आएका छन् तर सर्वोच्चमा परेको मुद्दा नटुंगिएका कारण प्रक्रिया नै रोक्नुपरेको छ,’ दाहालले भनिन् ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement