तोलामा १७ सय रुपियाँले घट्यो सुनको मूल्य

Advertisement

काठमाडौं । सुन-चाँदीको मूल्यमा भारि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपियाँले घटेर ८७ हजार रुपियाँ कायम भएको छ । सोमबार यसको मूल्य प्रतितोला ८८ हजार सात सय रुपियाँ थियो । 

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार सात सय रुपियाँले नै घटेर ८६ हजार ५५० रुपियाँ कायम भएको छ । सोमबार यसको मूल्य प्रतितोला ८८ हजार २५० रुपियाँ थियो । 

Advertisement

मंगलबार चाँदीको मूल्यमा पनि भारि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपियाँले घटेर एक हजार दुई सय ९० रुपियाँ कायम भएको छ । सोमबार यसको मूल्य प्रतितोला एक हजार तिन सय ३० रुपियाँ थियो । पछिल्लो सयम सुन-चाँदीको मूल्यमा दैनिकजसो उत्तार चढाब आउने गरेको छ । 

Advertisement

Advertisement