नेपाल टेलिकमले शेयरधनीहरुलाई प्रतिशेयर रु. ४० लाभांश दिने

Advertisement

काठमाडौँ । नेपाल दूर सञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले शेयरधनीहरुलाई प्रतिशेयर रु. ४०/- नगद लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीको आज बिहान बसेको बैठकले आव २०७६/७७ को नाफाबाट उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्र श्रेष्ठले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा २ को प्रावधान अनुसार नेपाल सरकार समक्षा अनुरोध गर्ने निर्णय भएको कम्पनी सचिव श्रेष्ठले बताए ।  

Advertisement

Advertisement