घट्यो शेयर बजारः चन्द्रागिरि र साल्ट ट्रेडिङका लगानीकर्ता मालामाल, टेलिकमको उच्च कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पनि पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ३९.२३ अंकले घटेको हो । १.६० प्रतिशतले बजार घट्टा नेप्से परिसूचक २४१६ अंकमा झरेको छ । 

साताको पहिलो दिन ७९.७४ अंकले घटेको बजार दोश्रो दिन ४०.६४ अंकले बढे पनि हिजो तेश्रो दिन ५९.७० अंकले घटेको थियो । 

Advertisement

आज २१२ कम्पनीका १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४ सय ४२ रुपियाँ बराबरको कारोबार भएको छ । ट्रेडिङ र होटल्स एण्ड टुरिजम समूहबाहेक अरु सबै राताम्मे भएका छन् । ट्रेडिङ समूह ३०६.५४ अंक र होटल्स समूह ३५.१७ अंकले बढेको हो । आज सबैभन्दा बढी जीवन बीमा समूह ४५२.५३ अंकले घटेको हो ।

आज चन्द्रागिरि हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य १०-१० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर लिमिटेडको शेयरमूल्य ८.१६ प्रतिशतले बढेको छ । हिजो पनि साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत र चन्द्रागिरि हिल्सको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको थियो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ६.३६ प्रतिशतले घाटा ब्यहोरेका छन् । 

नेपाल टेलिकमको उच्च कारोबार भएको छ । टेलिकमको २९ करोड ९७ लाख ६ हजार १ सय ४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको भने २८ करोड ९ लाख ७४ हजार ८ सय ६१ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।  

Advertisement

Advertisement