१०.५३ प्रतिशत लाभांश पारित गर्न महिला सहयात्राले चैत १८ गते बोलायो साधारणसभा

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १०.३५ प्रतिशत लाभांश पारित गर्न चैत १८ गते साधारणसभा बोलाएको छ । कम्पनी गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ०.५३ प्रतिशत नगत लाभांश वितरण गर्न लागेको हो । 

कम्पनीको साधारण सभा ओम अध्याय रिट्रिट रिर्सोट, मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते एक दिन बुक क्लोज गर्नेछ । फागुन २९ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।