बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई मातृशोक

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई मातृशोक परेको छ । 

उनकी माता जानकी सिलवालको मंगलबार राति ८० वर्षको उमेरमा निधन भएको हो । 

सिलवालकी माताको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।